कार्यसम्पादन मूल्यांकनमा सोलुदुधकुण्ड पहिलो, कस्तो छ सोलुका कुन गाउँपालिकाको अवस्था?
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।विभिन्न १७ वटा सूचकलाई आधार मानेर राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्यांकनमा सोलुखुम्बुका ८ स्थानीय तह मध्ये यस बर्ष कार्यसम्पादनमा सोलुदुधकुण्ड नगरपालिका पहिलो बनेको छ ।

विनियोजित बजेट, त्यसको कार्यान्वयन, राजस्व संकलनको लक्ष्य र प्रगति, लेखा परीक्षण, आवधिक योजना,शैक्षिक अवस्था लगायतका १७ सूचकमा १०० पुर्णाङ्कको मुल्यांकनमा प्राप्त प्राप्ताङ्कका आधारमा सोलुदुधकुण्ड पहिलो बनेको हो।
आयोगको प्रतिबेदन अनुसार उक्त नगरपालिकाले ६८.७६ थुलुङ दुधकोशी गाउँपालिकाले ६०.४६, र खुम्बु पासाङल्हामू गाउँपालिकाले ५८.०६ अंक प्राप्त गरि क्रमशः पहिलो दोश्रो र तेस्रो बनेका छन्।
यसैगरी,माप्य दुधकोशी गाउँपालिकाले ५७.२१ र महाकुलुङ गाउँपालिकाले ५०.८८,नेचासल्यान गाउँपालिकाले ४९.५८, सोताङ गाउँपालिकाले ४८.५९ र लिखुपिके गाउँपालिकाले ४५.१९ अंक प्राप्त गरेको प्रतिबेदनमा उल्लेख छ। यही अंककै आधारमा स्थानिय तहले शसर्त अनुदान पाउने बताईएको छ।

