७३ औं प्रजातन्त्र दिवसका अवसरमा सोलु नेबिसंघको दीप प्रज्वलन
सोलुखुम्बु।नेपाल विद्यार्थी संघ सोलुखुम्बुले ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा दीप प्रज्वलन गरेको छ।

नेपाली कांग्रेस प्रदेश एक सदस्य तथा सोलुदुधकुण्ड नगरपालिका उपप्रमुख गान्धीमाया तामाङको प्रमुख आतिथ्यमा आज सांझ नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय बसन्तबजार,सल्लेरीमा दीप प्रज्वलन गरिएको नेबिसंघका नेता मोहनकृष्ण निरौलाले जानकारी दिए।
नेबिसंघ जिल्ला अध्यक्ष नवीन बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य लाक्पा तामाङ,नेपाली कांग्रेस प्रदेश ‘ख’ कोषाध्यक्ष सानुमाया राजभण्डारी,सोलुअदुधकुण्ड नगरपालिका वडा नं-६ का सभापति फूर्वाग्याल्जेन शेर्पा तथा माप्यदुधकोशी-३ का सभापति उजिर कार्कीको उपस्थिति रहेको निरौलाले बताए ।

