नेपाली सेनाले मनायो २६० औं सेना दिवस
काठमाडौं। नेपाली सेनाले सैनिक मञ्च टुंडिखेलमा विविध कार्यक्रमको आयोजना गरि आफ्नो स्थापना दिवस मनाएको छ।

२०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरी आज २६०औं सेना दिवस मनाएको हो।
समारोहमा नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नाका साथै ‘महाशिवरात्री र सेना दिवस’ लेखिएको ब्यानर प्रदर्शन गरेको थियोसमारोहमा नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारी साधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गरिएको थियो।
नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कामु प्रधानन्यायधीश हरिकृष्ण कार्की लगायत उपस्थित थिए।
यसैबीच, नेपाली सेनाको २६० औं सेना दिवसको अवसरमा प्रधान सेनापति प्रभुराम शर्माले ६९ जना गैह्र सैनिकलाई प्रधान सेनापति प्रशंसा निशान प्रदान गरेका छन्

