अनेरास्ववियुको केन्द्रीय कमिटीमा सोलुखुम्बुका तीनजनाको प्रतिनिधित्व,बास्तोलाई लोकप्रिय मत



काठमाडौं। नेकपा एमाले निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय समितिमा सोलुखुम्बुबाट तीन जनाको प्रतिनिधित्व भएको छ।

संगठनको बिहिवार सम्पन्न २३ औं महाधिवेशनमा अनुशासन आयोगको सदस्यमा आशिष बास्तोला र केन्द्रीय सदस्यमा पुनम ढुंगेल निर्बाचित भएसंगै सोलुखुम्बुबाट तीन जनाको प्रतिनिधित्व भएको हो।

यसअघि प्रदेश नं १ को भूगोल महिलातर्फ झरना प्रधान सर्बसम्मत निर्बाचित भएकी थिइन् । उनी अघिल्लो केन्द्रीय कमिटीकी सदस्य हुन। नेतृत्व चयनका लागि बिहिवार भएको निर्बाचनमा बास्तोलाले लोकप्रिय मत सहित आयोग सदस्यमा निर्बाचित भएका हुन।

केन्द्रीय सदस्य सो सरहकै आयोग सदस्यमा निर्बाचित हुँदा उनले देशभरबाट ७ सय ४९ मत प्राप्त गरेका थिए।बास्तोला सोलुखुम्बुको नेचासल्यान निबासी हुन । नेचासल्यान नै मुलघर भएकी ढुंगेल भने उपत्यकाको संगठनमा कृयाशील रहेको बताइएको छ।एक नं प्रदेश भूगोलतर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका मिलन नाछिरिङ राई भने झिनो मतान्तरले पराजित भएका छन्।

एमाले अध्यक्ष ओलीले मंगलबार उद्घाटन गरेको यो महाधिवेशनले समिक बडालको नेतृत्वमा नयाँ कमिटी चयन गर्दै बिहिवार सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस्