एमालेको‘मिसन ग्रासरुट’अभियान आजदेखि सुरु हुँदै,अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालले शुक्रबारदेखि ‘मिसन ग्रासरुट’ अभियान सुरु गर्ने भएको छ ।

शुक्रबारबाट देशैभरी सुरु हुने अभियान २ महिना सम्म संचालन हुने अभियान अध्यक्ष केपी ओलीले सात प्रदेश र विदेश प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल सम्बोधन गरे पछि सुरु हुने एमालेले जनाएको छ।

२६ माघमा बसेको एमाले स्थायी कमिटीको बैठकले ग्रास रुट अभियान सुरु गर्ने निर्णय गरे अनुसार आजबाट यो अभियान सञ्चालनमा आउन लागेको हो ।

विगतका कमि कमजोरीहरुका बारेमा पनि समिक्षा गरिने छ । तीनै तहको निर्वाचनमा पार्टीलाई अन्तरघात गर्नेहरुको पहिचानका लागि समेत यो अभियान महत्वपुर्ण हुने एमालेले बताएको छ।

अभियान अन्तर्गत पार्टी केन्द्रीय कमिटी सदस्यहरू पालिका तहमा दुई महिना खटिने छन् । जसअनुसार एक केन्द्रीय सदस्यलाई ३ वटा पालिकाको जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्