इन्द्रावती माबिको अभिभावक दिवस तथा भवन हस्तान्तरण कार्यक्रम सम्पन्न
काभ्रे।।मण्डन देउपुर नगरपालिका-१२ स्थित श्री इन्द्रावती माबिको ४७ औं अभिभावक दिवस तथा भवन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

बुधबार सम्पन्न कार्यक्रममा इको हिमाल नेपालका कार्यकारी निर्देशक नारायण ढकालले इको हिमाल नेपालद्वारा प्रवलीकृत १६ कोठे भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका थिए।नगरप्रमुख टोकबहादुर वाइबाको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा पूर्ब शिक्षकहरुलाई सम्मान गरिएको थियो।सम्मानित हुनेहरुमा पूर्ब शिक्षक निर्मला पराजुली पौडेल,दमाईसिंह तामाङ,सरोज पराजुली , अच्यूत पराजुली ,सनोज घिमिरे लगायत पूर्व विध्यार्थी इन्जिनियर केशव पराजुली , गौतम पराजुली र कर्मचारी शोभा पराजुली लगायत छन् ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मनोज पराजुलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक फटकबहादुर पराजुली, पूर्व शिक्षकहरुकोतर्फबाट केशव प्रसाद पराजुली लगायतले आफ्ना विगतका अनुभव सुनाउनुका साथै व्यङ्ग्य कवि अर्जुन पराजुलीले चोटिलो कविता बाचन गरेका थिए।
उपप्रमुख बिष्णुमणि नेपाल , इको हिमाल नेपालका कार्यकारी निर्देशक नारायण ढकाल र नागरिक कवि अर्जुन पराजुलीको विषेश आतिथ्यतामा भएको उक्त कार्यक्रममा विद्यालयको बार्षिकोत्सवका अवसरमा आयोजना गरेका विभिन्न प्रतियोगिताहरुमा बिजयी विद्यार्थीहरुलाई पुरष्कृत गरिएको थियो।
सो कार्यक्रममा निवर्तमान नगर उपप्रमुख निर्मला शाहीद्वारा स्थापित अक्षयकोषद्वारा स्थानीय जेष्ठ नागरिक सम्मान कार्यक्रममा ८७ वर्षीय भूमिनन्द पराजुली लगायतलाई सम्मानित गरिएको सो कार्यक्रमको सञ्चालन शिक्षक दीपक प्रसाद पराजुलीले गरेका थिए।विद्यालयका प्रधानाध्यापक बेदप्रसाद खतिवडाले प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए।

