रास्वपामा थपिए १६ केन्द्रीय सदस्य
काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले थप १६ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समितिको बैठकले थप १६ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो।

रास्वपाको केन्द्रीय समितिमा मनोनीत हुनेहरूमा निशा मेहता
बिन्दबासिनी कंसाकार,रुपा शंकरविजय जैरु,मेघ आले
मोहनबहादुर थापा,खुस्बु सरकार श्रेष्ठ,टीका संग्रौला,हरि भट्ट,ध्रुव गिरी,लिमा अधिकारी,रमेश प्रसाईं,अर्जुन अधिकारी,क्रान्तिशिखा धिताल,प्रतिभा रावल,गोमा क्षेत्री छन् ।
यस्तै,बैठकले अभियान तथा प्रचारप्रसार, प्रवासी नेपाली सम्पर्क, प्रशिक्षण , संगठन, उद्योग, वाणिज्य, श्रम तथा उपभोक्तालगायतका २२ वटा विभाग निर्माण गरी प्रमुख तोकेको रास्वपाले जनाएको छ ।

