बिश्वासको मत नपाएपछि ढल्यो सुदूरपश्चिम प्रदेश सरकार



धनगढी।प्रदेशसभाबाट बिश्वासको मत प्राप्त गर्न नसकेपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राजीनामा दिएका छन्। आज प्रदेश प्रमुख देवराज जोशीलाई मुख्यमन्त्री रावलले राजीनामा बुझाएका हुन्।

बिहीवार साँझ बसेको प्रदेशसभा बैठकमा मुख्‍यमन्त्री रावलले प्रदेशसभासमक्ष विश्वासको मत माग्दै प्रस्ताव पेश गरेका थिए। प्रस्ताव पेश गर्दा बहुमतले अस्वीकृत भएको निर्णय सभामुखले सुनाएका थिए।

रावल एकमहिनाअघि सत्ता गठबन्धन दलहरूको समर्थनमा मुख्‍यमन्त्री नियुक्त भएका थिए। मुख्‍यमन्त्री नियुक्त भएको एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्‍यवस्था छ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादीका ११ (सभामुखसहित), एमालेका १०, नाउपाका ७, नेकपा एकीकृत समाजवादीका ४ र राप्रपाका १ जना सांसद छन्। विश्वासको मतका लागि २७ मत आवश्यक पर्छ।

प्रतिक्रिया दिनुहोस्