नेचासल्यानमा गाउँपालिकास्तरीय उपभोक्ता हित संरक्षण मञ्च गठन
सोलुखुम्बु। नेचासल्यान गाउँपालिकामा पालिकास्तरीय उपभोक्ता हित संरक्षण मञ्च गठन भएको छ ।

उपाध्यक्ष बिना राईको सहजीकरणमा लोचनकुमार शर्माको अध्यक्षतामा बुधबार गठित ११ सदस्यीय मञ्चले गाउँपालिकाको क्षेत्रभित्र दैनिक उपभोग्य बस्तुहरुको मूल्य निर्धारण,गुणस्तर मापन र खाद्य सुरक्षा सम्बन्धि कार्यमा गाउँपालिकालाई सहयोग गर्ने बताईएको छ।
नवगठित मञ्चको उपाध्यक्षमा निधिरत्न कटेल,सचिवमा छवि बास्तोला र काेषाध्यक्षमा सरस्वती कार्की काफ्ले छन्।मञ्चमा अमरसिंह राई,रामकुमार मगर,गोकुल राई,ललित ढुंगेल,ख्याम बास्तोला,मुक्ति शर्मा र जंगबहादुर राई रहेको सचिब बास्तोलाले जानकारी दिए।
मञ्चले उपभोक्ताहरुलाई आफ्नो अधिकारका सम्बन्धमा सचेत गराउने र उपाध्यक्ष राई नेतृत्वको पालिका अनुगमन समितिलाई सहयोग गर्ने सचिब बास्तोलाको भनाई छ।

