एमालेका दसौंदी राष्ट्रियसभा सदस्य निर्बाचित
काठमाडौं । लुम्बिनी प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसौंदी निर्वाचित भएका छन् ।

नेपाली काँग्रेसका माधव आचार्य नागरिक उन्मुक्तिका राजेन्द्र वीर रायलाई पराजित गर्दै सत्ता साझेदार दलबाट एमालेका उम्मेदवार दसौंदी ४ हजार २६ मत प्राप्त गर्दै विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीका अनु्सार दसौंतीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका माधव आचार्यले ३ हजार ७२० मत पाएका छन् ।
त्यस्तै नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले १९२ मत प्राप्त गरेका छन् । प्रदेशसभातर्फ तीन मत बदर भएको छ । नेकपा एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो । निर्वाचनमा ३०५ जना मतदाता थिए । जसमा ३०४ जनाले मतदान गरेका थिए ।
राष्ट्रियसभा उपनिर्वाचनमा प्रदेशसभा सदस्य स्थानीय तहका प्रमुख, उपप्रमुख, मतदाता हुन् ।

