बिप्लव नेकपाले महंगी र चर्को व्याजदरविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने



काठमाडौं।नेपाल कम्युनिष्ट पार्टीले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।

बुधबार नवौं केन्द्रीय कमिटीको बैठकका निर्णय सार्वजनिक गर्दै पार्टी प्रवक्ता खड्क बहादुर विश्वकर्मा (प्रकाण्ड)ले महंगी र चर्को व्याजदरविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्न लागेको
जानकारी दिएका हुन्।

नेकपा महासचिव विप्लवको अध्यक्षतामा बसेको बैठकले ६ महिने पार्टी योजनालाई कडाइका साथ लागू गर्ने निर्णय गरेको पनि उनले बताए। वैज्ञानिक समाजवादी व्यवस्थाको नारालाई अघि बढाउनुका साथै पुँजीवादको अन्त्य गर्नुपर्नेमा पार्टीले जोड दिएको प्रवक्ता प्रकाण्डले जानकारी दिए। त्यस्तै पार्टीले जनआधारित पार्टी र जनआधारित नीति लिएको उनले उल्लेख गरे।पार्टीले एनसेल, एमसीसी, एसपीपी विरुद्धको संघर्ष जारी राख्ने प्रकाण्डको भनाइ छ।

साथै सरकारसँग भएको ३ बुँदे सहमति अक्षरस पालना हुनुपर्ने बताउँदै विप्लव नेतृत्वको नेकपाले सहमतिअनुसार राज्यले बन्दीहरुलाई रिहा गर्नु पर्ने र मुद्धा खारेज गर्नुपर्ने माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्