रबि लामिछानेको क्षेत्रबाट चुनाबै नलडी सांसद बन्ने दाउमा कांग्रेस नेता श्रेष्ठ



काठमाडौं। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद नरहने निर्णय गरेपछि रिक्त रहेको चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यमा आफुलाई स्वत:बिजयी घोषणा गर्नुपर्ने माग पराजित उम्मेदवार उमेश श्रेष्ठले गरेका छन्।

तत्कालीन सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट उम्मेदवार भएको श्रेष्ठ झण्डै ३५ हजार मतले रास्वपा सभापति लामिछानेसँग पराजित भएका थिए।लामिछानेको पद खारेजीपछि दोस्रो स्थानमा आफू रहेकाले स्वतः विजयी घोषणा गनुपर्ने माग गर्दै श्रेष्ठले आइतबार निर्वाचन आयोगमा निवेदन दिने भएका छन्।उनले आइतबार दिउँसो २ बजे पत्रकार सम्मेलनसमेत आयोजना गर्ने कार्यक्रम रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्