चितवनका किसानको आन्दोलनका माग सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौं।चितवनमा तरकारी फालेर किसानले गरेको आन्दोलनप्रति ध्यानाकर्षण भएको जनाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भएको छ। कृषि तथा पशुपन्छी मन्त्रालयलाई किसानका माग सम्बोधन गर्न निर्देशन दिएका छन्।

शुक्रबार चितवनका किसानले तरकारी र अन्य कृषिजन्य उत्पादनको उचित मूल्य नपाएको भन्दै सडकमा तरकारी फालेका थिए।यसको समाधानका लागि पहल गर्न प्रधानमन्त्री प्रचण्डले कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहलाई निर्देशन दिएका हुन्।

चिवतनमै रहेकी मन्त्री साहलाई प्रधानमन्त्री प्रचण्डले सरोकारवाला किसानसँग छलफल गरी त्यसको जानकारी आफूलाई गराउन निर्देशनसमेत दिएका हुन्।प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री साहले आफूले सरोकारवाला किसानसँग छलफल गरी समस्या समाधानमा आवश्यक पहल लिने र थप नीतिगत सहयोग आवश्यक परेमा प्रधानमन्त्रीलाई आग्रह गर्ने बताएकी छन्।

कृषिमन्त्रीले सरोकारवाला किसानहरूसँग छलफल गरेर फर्किएपछि मन्त्री, सचिव र अन्य सरकारी अधिकारीहरू बोलाएर थप छलफल गर्नेसमेत प्रधानमन्त्रीको तयारी छ।

प्रतिक्रिया दिनुहोस्