गार्मामा अधिग्रहण गरिएको जग्गाको मुआब्जा समयसापेक्ष पुनरावलोकन गर्न सांसद राईको आग्रह
सोलुखुम्बु। प्रतिनिधिसभा सदस्य एबम् नेकपा मानबीर राईले नेपाल पर्बतीय प्रशिक्षण प्रतिस्ठान निर्माणका क्रममा जग्गा अधिग्रहण गरिएका स्थानीयलाई समय सापेक्ष पुनरावलोकन गरि मुआब्जा बितरण गर्न निर्देशन दिनुभएको छ।

प्रतिस्ठानको कार्यालय रहेको सोलुदुधकुण्ड नगरपालिकाको गार्मामा पुगि अध्यक्ष ओङ्दि छिरिङ शेर्पा र नेपाल माउन्टेन एकेडेमीका प्रध्यापक डा. खड्गनारायण श्रेष्ठ, उत्तम भट्टराई लगायतसङ्ग भेटघाट गरी मुआब्जा पुनरावलोकन गरि बितरण गर्न निर्देशन दिनुभएको हो। सांसद राईले प्रतिष्ठानले गरिरहेका कार्य र आगामी कार्ययोजनाबारे छलफल गर्नुभएको नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य कल्पना राईले जानकारी दिनुभयो।
छलफलका क्रममा प्रतिष्ठानका तर्फबाट अधिग्रहण गरेको तर मुआब्जा दिन बाकी रहेको जग्गाधनीहरुलाई समय सापेक्ष हालको मूल्य बमोजिम मुआब्जा उपलब्ध गराउन राष्ट्रिय योजना आयोगका प्रतिनिधि पुरुषोत्तम सुबेदीको संयोजकत्वमा टानका अध्यक्ष निलहरी वास्तोला, प्रतिष्ठानका कार्यकारी निर्देशक रुद्र प्रसाद चापागाई सदस्य तथा प्रतिष्ठान रहेको वडा गार्माको वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पा रहेको अध्ययन समिति गठन भई समितिले अध्ययन गरिरहेको जानकारी सांसद राईलाई गराईएको थियो। प्रतिष्ठानद्वारा संचालित नेपाल माउन्टेन एकेडेमीलाई सोलुखुम्बुको गार्माबाट नै संचालन गर्ने गरी भौतिक तथा अन्य आवश्यक कुराहरुको ब्यबस्थापनका साथै मेरापिक स्कि खेल सञ्चालनका लागिअध्य्यन भईरहेको जानकारी गराईएको सचिवालय सदस्य राईले बताउनुभयो।
सांसद राईले नेपाल माउन्टेन एकेडेमीलाई सोलुखुम्बुबाटै संचालन गरि उदेश्य अनुरुप कार्य गर्न समेत निर्देशन दिंदै प्रतिष्ठान मार्फत संचालन हुने परियोजनाहरुमा स्थानीयलाई नै रोजगारीको ब्यबस्था गर्न आग्रह गर्नुभएको थियो ।

