राष्ट्रपतिको फागुन २५ र उपराष्ट्रपतिको निर्बाचन चैत ३ गते हुने
काठमाडौं।राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुने भएको छ । निर्वाचन आयोगले आज सोमबार निर्वाचनको मिति तोकेको हो।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सोही निर्णयका आधारमा निर्वाचन कार्यक्रम सार्वजनिक गरिने बताए। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तोकिएपछि आयोगले मुख्यसचिवमार्फत मन्त्रिपरिषद्लाई लेखी पठाउनेछ।
राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्ष कार्यकाल यही फागुन २९ गते सकिँदैछ । त्यसैले, त्यसको चार दिनअघि राष्ट्रपतिको निर्वाचन हुन लागेको हो ।उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ गते हुने भएको छ ।

