आफ्नो सेवा सुबिधाबाट एकजनालाई एमबीबीएस पढाउने अध्यक्ष राईको निर्णय, गाउँपालिकाले माग्यो आवेदन
सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले आफ्नो सेवा सुबिधा गाँउपालिका भित्रका गरिब तथा जेहेन्दार विद्यार्थीहरु मध्ये एक जनालाई एमबीबीएस अध्ययन गराउन खर्च गर्ने भएका छन् ।

अध्यक्ष राईले पद बहाली गरे लगत्तै गत जेठ ६ गते अध्यक्ष स्तरीय निर्णय गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खरिधन राईले जानकारी दिएका छन् ।राईद्वारा बिहिवार जारी सूचनामा पालिका भित्रका योग्य र इच्छुक नागरिकलाई एमबीबीएस छात्रवृत्तिका लागि आवेदन दिन आव्हान समेत गरेका छन्।
गाउँपालिकाको छात्रवृत्ति बितरण कार्यबिधि,२०७९ को अधिनमा रही सम्बन्धित प्रवेश परिक्षाको नतिजा आएको १५ दिन भित्र प्रारम्भिक आवेदन पेश गर्नुपर्ने राईद्वारा जारी सूचनामा उल्लेख छ।

