किराँत खालिङ राई उत्थान संघ काठमाडौ जिल्लाको दोश्रो सम्मेलन बिहिवार हुने



काठमाडौं।किराँत खालिङ राई उत्थान संघ काठमाडौ जिल्ला कार्यसमितिको दोश्रो सम्मेलन अधिबेशन माघ १४ गते (बिहिवार) हुने भएको छ।

प्रतिनिधिसभा सदस्य मानबीर राईको प्रमुख आतिथ्यमा नवदुर्गा पार्टी प्यालेस सुकेधारामा हुने सम्मेलनले संघको भावी नेतृत्व चयन गर्ने बताईएको छ।

किरात खालिङ राई उत्थान संघका शाखा देशका सतहत्तर ओटै जिल्लामा रहेका छन्।किराँत खालिङ राई केन्द्रिय समितिको मातहतमा रहि जिल्ला कार्य समितिले आफ्नो भाषा,भेषभुषा धर्म र संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्