विमानस्थलको आन्तरिक टर्मिनल शाखा प्रमुख पक्राउ



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल शाखा प्रमुख पूर्ण चुडाललाई पक्राउ गरेको छ ।

आयोगले स्टिङ अपरेशन गर्ने क्रममा चुडाललाई सोमबार विमानस्थलबाट घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम भण्डारीले बताए। उनलाई अख्तियारबाट खटिएको टोलीले विमानस्थल प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको हो।

प्रतिक्रिया दिनुहोस्