टाक्सिन्दुका गरिब बालबालिकाहरुलाई खाद्यान्नसहित छात्रवृत्ति बितरण



प्रदिप खालिङ,सोलुखुम्बु।सोलुदुधकुण्ड नगरपालिकाको टाक्सिन्दुका गरिबि बालबालिकाहरुलाई तारा फाउन्डेसन युएसएको आर्थिक सहयोग र हिमालयन तारा फाउन्डेसनको सहकार्यमा आज एक कार्यक्रमसहित छात्रवृत्ति प्रदान गरिएको छ ।

उक्त क्षेत्रका सामान्य तथा गरिब परिवारका बालबालिकाहरुलाई ३० केजी चामल, १ केजि नुन, बिजुलि बल्ब, शैक्षिक सामग्री र प्रति ब्यक्ति रु.६००० रुपैयाँका दरले ८१ जना बालबालिकाहरुलाई सोलुदुधकुन्ड नगरपालिका वडाध्यक्ष तथा हिमालयन तारा फाउन्डेसनका अध्यक्ष छोङ्बा शेर्पाले बितरण गर्नु भएको हो ।

बिगत धेरै बर्ष अगाडि देखि उक्त गाउँको समग्र बिकासका निम्ति र गरिब परिवारका बालबालिकाहरुलाई आर्थिक रुपमा सहयोग गरिरहेको संस्थाका सचिब सुरेश खडकाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्