बास्तोला कूलसेवा समिति सोलुखुम्बुमा नयाँ समिति
सोलुखुम्बु।बास्तोला कुलसेवा समिति नेपाल जिल्ला कार्य समिति सोलुखुम्बुको छैटौ जिल्ला अधिबेशन सम्पन्न भएको छ ।

केन्द्रीय सदस्य शम्भुहरी बास्तोलाको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न अधिबेशनले बमप्रसाद बास्तोलाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको निबर्तमान अध्यक्ष जगनाथ बास्तोलाले जानकारी दिए।समितिको उपाध्यक्षमा खिलनाथ बास्तोला,सचिबमा प्रकाशबाबु बास्तोला,सहसचिवमा नेत्रकुमार बास्तोला,कोषाध्यक्षमा प्रेमकुमारी बास्तोला र सहकोषाध्यक्ष्यमा मोहनकुमार बास्तोला चयन भएका छन् ।अधिबेशनले शान्तिराम बास्तोला,भुवन बास्तोला,देवीप्रसाद बास्तोला,मोहनकुमारी बास्तोला,निर्मलादेवी बास्तोला सदस्यमा सर्बसम्मत निर्बाचित भएको उनले बताए।
समितिलाई आवश्यक सरसल्लाह दिन बेदनाथ बास्तोलाको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरिएको छ।समितिका सदस्यहरुमा खगिन्द्रराज बास्तोला,लालप्रसाद बास्तोला,बिष्णुप्रसाद बास्तोला,दण्डीकेशर बास्तोला,जगनाथ बास्तोला,छबिलाल बास्तोला,लक्ष्मीप्रसाद बास्तोला,लेखनाथ बास्तोला,रोहित बास्तोला,शम्भुहरि बास्तोला,सोमप्रसाद बास्तोला,खडानन्द बास्तोला,ओमप्रसाद बास्तोला,र बिष्णुप्रसाद बास्तोलालाई चयन गरिएको जनाईएको छ।

