ईश्वरी न्यौपानेलाई कांग्रेसले सभामुखको उम्मेदवार बनाउने
काठमाडौं।नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुखमा ईश्वरी न्यौपानेलाई उठाउने निर्णय गरेको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सभामुखका लागि न्यौपानेलाई अघि सार्ने निर्णय गरेको हो ।

यसअघि नेकपा एमालेका सांसद देवराज घिमिरेले भने सभामुखमा मनोनयन दर्ता गराइसकेका छन् । संघीय संसद सचिवालयमा बुधबार उनले सभामुखमा मनोनयन दर्ता गराएका हुन् ।
सभामुख चयनको लागि बिहीबार मतदान हुनेछ ।

