बहराइनका पूर्वराजाको सम्मानमा स्थापित इसा अवार्ड ख्यातिप्राप्त नेत्ररोग विशेषज्ञ डा. रुइतलाई प्रदान गरिने
काठमाडौं । ख्यातीप्राप्त नेत्र रोग विशेषज्ञ सन्दुक रुइत प्रतिष्ठित इसा अवार्डद्वारा सम्मानित गरिनेभएको छ ।

बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त अवार्ड मानवीय सेवातर्फको विधामा डा. रुइतलाई प्रदान गर्न लागिएको हो । डा. रुइतले स्वर्ण पदकसहित १० लाख अमेरिकी डलर पाउनुहुने भएको छ ।
मानवीय सेवातर्फको इसा अवार्ड घोषणा गर्दै बहराइनका राजाका विशेष प्रतिनिधि र बोर्ड अफ ट्रस्टिजका अध्यक्ष शेख मोहम्मद बिन मुबारक अल खलिफाले भन्नुभयो– ‘नेपाली नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई समुदायमा गरेको सेवा र उपलब्धिका लागि उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेका छौं ।’

