सरकारमा जाने नजाने निर्णय गर्न जसपा संसदीय दलको बैठक आज बस्दै



काठमाडाैँ। जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक केहि बेरमा बस्नेभएको छ। बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ।बैठकले सरकारमा जाने वा नजाने भन्ने बारेमा छलफल गर्नेछ।

जसपाले सत्तारूढ दलहरूले आफूलाई सन्तुलित र न्यायोचित मन्त्रालय नदिएको भन्दै असन्तोष पोख्दै सरकारमा नजाने निर्णय गरेको थियो।जसपाको संसदीय दलको बैठक मंगलवार पनि बसेको थियो।बर्तमान सत्ता गठबन्धनमा सहभागी जसपा नेपाल उपराष्ट्रपति पद नपाउने भएपछि रुष्ट छ।

प्रतिक्रिया दिनुहोस्