माओवादी केन्द्रले यी तीन जनालाई दिंदैछ मन्त्रीको जिम्मेवारी
काठमाडौं।नेकपा (माओवादी केन्द्र) ले रेखा शर्मालाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिने भएको छ।

आज हुने मन्त्रीमण्डल बिस्तारका क्रममा शर्मालाई सञ्चार र सुदन किरातीलाई पर्यटनमन्त्रीको जिम्मेवारी दिने माओवादीको तयारी छ ।मन्त्री बन्ने पक्का भए पनि अमनलाल मोदीको मन्त्रालयको भने टुंगो लागिसकेको छैन ।
प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहेका छन् ।

