कांग्रेसको आशा निराशामा परिणत हुँदै, एमालेलाई नै राष्ट्रपति र सभामुख दिन दाहाल दृढ !
काठमाडौं।नेपाली कांग्रेसले समेत आफुलाई बिश्वासको मत दिएसंगै नेकपा एमालेसंगको सहमतिमा पुनर्बिचार हुन सक्ने बताउंदै आएका प्रधानमन्त्री पुष्पकमल दाहाल बर्तमान सत्तागठबन्धनलाई अझ बलियो बनाएर अघि बढ्ने निष्कर्षमा पुगेका छन्।

बालकोटस्थित एमाले अध्यक्ष केपी ओली निवासमा भएको पाँच घण्टा लामो वान टु वान छलफलपछि प्रधानमन्त्री दाहाल सो निष्कर्षमा पुगेको बताईएको छ। दुई नेताबीचको छलफलमा राष्ट्रपति र सभामुखका विषयमा पनि प्याकेजमा सहमति भएको
निकटवर्तीहरुले बताएका छन्।
यही पुस २६ गते विश्वासको मत लिने क्रममा कांग्रेसको समेत मत दिएपछि दाहाल पछिल्लो पटक कांग्रेसलाई सभामुख र राष्ट्रपति दुई मध्ये एक पद दिने गरि अघि बढेका थिए । सोही प्रयोजनका लागि दाहालले मंगलबारका लागि सर्बदलीय बैठक समेत बोलाएका थिए।उनको यो कार्यशैलीले गठबन्धन दलहरू पनि ससंकित बनेका थिए। तर, पछिल्लो पटक विकसित भएको घटनाक्रम अनुसार अब प्रधानमन्त्री प्रचण्ड सभामुख र राष्ट्रपति दुवै पद सत्ता गठबन्धनलाई दिन तयार देखिएका छन् ।
प्रधानमन्त्री दाहालले पछिल्लो २४ घण्टामा तीन वटा महत्वपूर्ण भेटवार्ता पनि गरेका छन्।ती भेटवार्ताका कारण पनि उनलाई मजधारमा पुगेको यात्रालाई एकातर्फ मोड्न सहज भएको ठानिएको छ।त्यसैको परिणाम स्वरुप सत्तासहयात्री दलहरुको बैठक बोलाएर मन्त्रीपरिषदलाई पूर्णता दिने तयारी समेत गरिएको छ।दाहाल-ओली बार्तामा एमालेले आठ वटा मन्त्रालय पाउनेछ भने राष्ट्रिय स्वतन्त्र पार्टीले चार र राप्रपाले तथा राजपाले दुई–दुई वटा मन्त्रालय पाउने छन् । त्यस्तै नागरिक उन्मुक्ती, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीले एक एक वटा मन्त्रालय पाउनेछन् । त्यस्तै माओवादीको भागमा बढिमा छ वटा अन्यथा पाँच वटा मन्त्रालय पाउने गरी सहमति भएको छ ।

