त्रिबिले गर्यो चैत ५ गते स्वबियू निर्बाचन गर्ने निर्णय
काठमाडौं । १४ बर्षपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्बाचन आगामी चैत ५ गते हुने भएको छ ।

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को पुस २२ को निर्णय अनुसार चैत ५ गतेलाई निर्वाचनको मिति तोकिएको त्रिवि रजिष्ट्रार कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले जनाएको छ ।
विद्यार्थी कल्याण परिषद्ले चैत ५ गते चुनाव गराउन सिफारिस गरेको थियो ।२०६५ सालदेखि त्रिविका ६२ वटा आंगिक क्याम्पसमा स्वबियू निर्बाचन हुन सकेको छैन ।

