मिर्चैया स्प्रीट सेवन प्रकरण : विद्यालयका प्रिन्सिपल र शिक्षिका पक्राउ

लहान।शिक्षिकाले दिएको औषधि स्पिरिटसँग सेवन गरेपछि छात्राको मृत्यु भएको घटनामा प्रहरीले विद्यालयका प्रिन्सिपल र शिक्षिकासहित दुईजनालाई पक्राउ गरेको छ।

सिराहाको मिर्चैयास्थित सगरमाथा उमाविका प्रिन्सिपल प्रदीप तिवारी र शिक्षिका अम्बिका लम्साललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।प्रहरीका अनुसार मृतक छात्राका बाबु धर्मेन्द्रकुमार महराले दिएकोे ज्यानसम्बन्धी कसुर मुद्दाको जाहेरी आइतबार मिर्चैया प्रहरीले दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो।
मिर्चैया प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले अनुसार मृतक छात्राको परिवारले दिएको किटानी जाहेरीको आधारमा प्रिन्सिपल तिवारीसहित दुईजनालाई पक्राउ गरी अनुसन्धान थालिएको बटाए। (सांकेतिक तस्बिर)

