काठमाडौं आइपुगे नयाँ चिनियाँ राजदूत
काठमाडौं।नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन सोङ काठमाडौँ आइपुगेका छन् ।

एअर चाइनाको उडानबाट राजदूत सोङ आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको काठमाडौंस्थित चिनियाँ राजदूतावासले जानकारी दिएको छ । उनलाई विमानस्थलमा परराष्ट्र मन्त्रालय र दूतावासका कर्मचारीहरूले स्वागत गरेका थिए ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी कार्यकाल सकिएपछि चीनको विदेश मन्त्रालयले सोङलाई नयाँ राजदूतमा नियुक्त गरेको थियो । उनी १२ पुसमा काठमाडौं आउने तालिका थियो । तर स्वास्थ्य समस्याका कारण उनी निर्धारित समयभन्दा ढिलाेगरी आएका हुन् ।

