सुकुम्वासी बस्ती हटाउन महानगरले माग्यो गृहसंग गुहार



काठमाडौं।काठमाडौं महानगरपालिकाले थापाथली किनारमा रहेको सुकुमवासी बस्ती हटाउन गृह मन्त्रालयसँग गुहार मागेको छ। महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले बुधबार गृह मन्त्रालयलाई पत्राचार गरेको महानगरपालिकाले जनाएको छ।

महानगरले त्यहाँको सुकुम्वासी बस्ती हटाउन अभियानकै रूपमा अगाडि बढाउनुपर्ने देखिएको भन्दै सहयोग मागेको हो। यसअघि पनि पत्र पठाएको तर मन्त्रालयले समन्वय नगरेको महानगरको मेयर बालेन साहका स्वकीय सचिव भूपदेव साहले बताए।

बागमती सभ्यता एकीकृत विकास परियोजनाको अनुरोधमा त्यहाँको बस्ती हटाउन प्रयास गरिए पनि सफल नभएको महानगरको भनाइ छ। सो बस्ती हटाएर सौन्दर्यीकरणको काम तत्काल शुरू गर्नुपर्ने भएकाले संरचना हटाउन आवश्यक सहयोग एवं समन्वयका लागि अनुरोध गरेको हो।

प्रतिक्रिया दिनुहोस्