नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति पाकिस्तानी दूताबासद्वारा दु:ख व्यक्त



काठमाडौं,१० भदौ । नेपालमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएकोप्रति नेपालस्थित पाकिस्तान दूतावासले दुःख व्यक्त गरेको छ।

दूतावासले सामाजिक सञ्जालमार्फत बाढीका कारण अमूल्य जीवन गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरेको हो। साथै बाढीका कारण क्षति पुगेका भौतिक संरचना तथा पूर्वाधारप्रति पनि दूतावासले दुःख व्यक्त गरेको छ।

बाढीका कारण आफ्ना प्रियजन गुमाएका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै दूतावासले प्रभावित तथा बेपत्ता नागरिकको सुरक्षाका लागि प्रार्थना गरेको जनाएको छ।“यस कठिन घडीमा हामी नेपाली जनतासँग ऐक्यबद्ध छौं,” पाकिस्तान दूतावासले भनेको छ। file foto

प्रतिक्रिया दिनुहोस्