माओवादी केन्द्र प्रदेश नं. १ संसदीय दलको नेतामा आङ्बो सर्बसम्मत



विराटनगर । नेकपा (माओवादी केन्द्र), प्रदेश नं. को संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो सर्वसम्मत भएका छन् ।

मंगलबार बसेको संसदीय दलको बैठकले पूर्वमन्त्री आङ्बोलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।आङ्बो हाल प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री छन।

नेकपा (एमाले) सँगको एकताअघि र नेकपा विभाजनपछि पनि आङ्बो माओवादी केन्द्रका दलका नेता नै थिए । उनी पुन: बनेका छन् ।प्रदेश नं. १ मा प्रत्यक्ष ९ र समानुपातिकर्फ ४ गरी माओवादीका १३ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्