स्थानीयको आयअर्जनका लागि गाउँपालिका सहयोग गर्न तयार छ :अध्यक्ष राई



सोलुखुम्बु । माप्य दुधकोशी गाँउपालिका अध्यक्ष बुद्धिकिरण राईले स्थानीयको आय आर्जन वृद्धिका लागि गाउँपालिका सहयोग गर्न तयार रहेको बताउनुभएको छ । घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको आयोजनामा भएको सुन्तलाको जुस उत्पादन सम्बन्धी तालिमको समापनका क्रममा अध्यक्ष राईले तालिममा सिकेका सीप व्यवहारमा लागू गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।

माप्य दुधकोशी गाँउपालिकामा अत्याधिक सुन्तला उत्पादन हुने भन्दै अध्यक्ष राईले दाना सुन्तला बिक्रीसँगै सुन्तलाको जुसवाट आय आर्जन गर्न सकिने र बजारमा पाइने अन्य पेय पदार्थभन्दा स्थानीय स्तरमा उत्पादन भएको जुस स्वास्थ्यका लागि समेत फाइदाजनक हुने बताउनुभयो ।

समापन कार्यक्रममा माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष भक्त राईले कृषकहरुलाई आत्मनिर्भर बन्नका लागि प्रोत्साहनका तालिमको आयोजना गरेको प्रति घरेलु तथा साना उद्योग कार्यलयलाई धन्यबाद ज्ञापन गर्नुभएको छ ।

तालिमका सहभागी कृषकहरुले तालिममा सीप सिके अनुसार नै आगामी दिनमा सुन्तलाको जुस बनाएर बजारको अबस्था बारे बुझेर अघि बढ्ने बताएकाछन् ।
पुस ४ गतेदेखि शुरु भएको सुन्तलाको जुस उत्पादन सम्बन्धी सात दिने तालिममा २१ जना सहभागी थिए ।

एक हप्ता सञ्चालन भएको तालिममा कृषकहरुलाई, तालिममा प्रशिक्षक खेतराज कार्कीले सुन्तलाको जुस तथा जाम बनाउने तरिकाबारे प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्