बालुवाटारमा कुरा नमिलेपछि बालकोट पुगे प्रचण्ड, सरकार गठनबारे ओलीसंग छलफल गर्दै
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट गएका छन् । बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकबाट निस्केका प्रचण्ड विपक्षी दलका नेता आलीलाई भेट्न बालकोट गएका हुन् ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग पावर शेयरिङमा कुरा नमिलेपछि माओवादी अध्यक्ष प्रचण्ड बालकोटतर्फ लागेका हुन् । माओवादीले आलोपालोपालोमा पहिलो चरणको प्रधानमन्त्री दाबी गर्दै आएको थियो ।
कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै दिन नसकिने बताएपछि सत्तागठबन्धन भत्किने दिशामा अघि बढेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न जानकारी दिएर प्रचण्ड बालकोटतर्फ हिँडेका हुन् । केहीबेरमा दुईनेताबीच भेटघाट हुने तय भएको छ ।
एमाले अध्यक्ष ओलीसँगको छलफलमा माओवादी अध्यक्ष प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङलगायतका नेता सहभागी छन् ।

