आफ्नै समूहका सांसदले पत्याएनन् गगनलाई
काठमाडौं।कांग्रेसमा पुस्तान्तरण हुने र नेतृत्व अब आफूले गर्ने भन्दै कांग्रेस संसदीय दलको नेताका लागि प्रतिस्पर्धा गरेका गगन थापाले आफ्नै समूहबाट सबै मत पाउन सकेनन् । थापाको आफ्नै समूहमा रहेका भनिएका केही सांसदहरुले देउवालाई समर्थन गरेका हुन् ।

४ मंसिरमा सम्पन्न निर्वाचनमा शेखर समूहका झन्डै तीन दर्जन सांसदहरू निर्वाचित भएर आजको चुनावमा सहभागी भए पनि गगन थापाले भने जम्मा २५ मत मात्रै पाएका छन् ।
कांग्रेसको संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा विजयी भएका छन् । ६४ मत प्राप्त गर्दै उनी विजयी भएका हुन् ।

