काभ्रे २ (क) बाट प्रदेशसभा सदस्यमा लम्साल पुनः बिजयी
काभ्रे। काभ्रेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ प्रदेश सभा (क) मा नेकपा एकीकृत समाजबादीका उम्मेदवार लक्ष्मण लम्साल पुनः बिजयी भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कुमार खकुरेललाई पराजित गर्दै सत्तारुढ गठबन्धनका साझा उम्मेदवार लम्साल बागमती प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।
लम्सालले १९ हजार ४ सय ८ मत र प्रतिद्वन्दी खकुरेलले १९ हजार २ सय २० मत प्राप्त गरेका छन् । प्रदेश २ (१) मा लम्सालसंगै ६ जना प्रतिस्पर्धामा थिए ।
लम्साल यसअघिको निर्वाचन २०७४ मा पनि यसै निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।

