नेपाली कांग्रेसले सुरक्षित गर्‍यो प्रतिनिधिसभामा १३ सिट (यी हुन् बिजेता)



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारी विजयी भएका छन् । उनी तनहुँ क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचन भएका हुन् ।

त्यहाँको अन्तिम मतपरिणामानुसार भण्डारी पाँच हजार ४७४ मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनले ३० हजार ६०४ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उमेदवार किरण गुरुङले २५ हजार १३० मत पाएका छन् ।


यसैगरी,सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका हृदयराम थानी विजयी भएका छन् । कुल खसेको ७६ हजार ३५२ मतमध्ये थानीको पक्षमा ३४ हजार ६२५ आएको छ । उनले नेकपा एमालेका जिल्ला अध्यक्ष अमृत कुमार विसीलाई ५ हजार ६७ मतान्तरले पराजित गरे । एमाले नेता विसीले २९ हजार ५५८ मत प्राप्त गरेका छन्।

उता,पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेसका रमेश रिजाल निर्वाचित भएका छन् । रिजालले एमालेका जालिम मियाँलाई ५ हजार ५ सय २३ मतले पराजित गरेका हुन् । रिजालले ३१ हजार १ सय ४२ मत पाउँदा मियाँले २५ हजार ६ सय १९ मत ल्याए ।

जनमतका अजयकुमार यादव ७०९ र राप्रपाका अवधेशप्रसाद गौरो ६१३ मत पाएका छन् ।यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा लगायतका नेताहरु बिजयी भइ सकेका छन् ।

कांग्रेसबाट बिजयी हुने अन्य नेताहरुमा काठमाडौंको क्षेत्र नं १बाट प्रकाशमान सिंह, ३ बाट सन्तोष चालिसे ५ बाट प्रदीप पौडेल,१० बाट राजन केसी,ललितपुर १ बाट उदयशमशेर राणा,मनाङबाट टेकबहादुर गुरुङ,मुस्ताङबाट योगेश गौचन थकाली,रसुवाबाट मोहन आचार्य छन्।

प्रतिक्रिया दिनुहोस्