काठमाडौंमा घण्टीले हासिल गर्‍यो अर्को जीत



काठमाडाैँ । काठमाडौं-७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी भएका छन् । उनी एमालेका श्यामकुमार घिमिरेलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।पराजुलीले आठहजार ७४३ मत ल्याए । एमालेका घिमिरेले ६ हजार ८०० मत ल्याए । सत्ता गठबन्धनकी मानुषी यमी भट्टराईले ६ हजार ६३ मत ल्याएकी छन् ।

याे काठमाडाैंमा राष्ट्रिय स्वतन्त्र पार्टीकाे तेस्रो जित हो । यसअघि काठमाडौं-२ मा सोविता गौतम र ८ विराजभक्त श्रेष्ठ निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्