संसदीय दलको चुनाबमा गगनलाई सहयोग गर्ने बिश्वप्रकाशको घोषणा



काठमाडौं।नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संसदीय दलको चुनावमा अर्का महामन्त्री गगन थापालाई सहयोग गर्ने घोषणा गरेका छन् । काठमाडौं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित थापालाई प्रधानमन्त्री बनाउन कांग्रेस संसदीय दलको नेतामा आफूले प्रस्ताव गर्ने उनले सामाजिक सञ्जालमार्फत घोषणा गरेका छन् ।

झापा १ मा शर्मा विजयोन्मुख छन् । गगन थापाले प्रतिनिधिसभाको चुनाव लड्दै गर्दा आफू प्रधानमन्त्रीका लागि संसदीय दलमा चुनाव लड्ने बताएका थिए । उनको यो घोषणालाई विश्वप्रकाश शर्माले पनि समर्थन गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्