समाज र देश रूपान्तरणको यात्रामा पहिलेभन्दा झन् बढी दृढ भएर लाग्ने मिश्रको प्रतिबद्धता



काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नयाँ व्यवसाय सुरु गर्नेका लागि २५ लाखको कोष खडा गर्ने भएका छन्।

काठमाडौं– १ मा नेपाली कांग्रेसका पप्रकाशमान सिंहसँग पराजित भएपछि उनले अब नयाँ व्यवसाय सुरु गर्नेका लागि २५ लाखको कोष खडा गर्ने समाजिक सञ्जालमार्फत् जानकारी दिएका छन।‘एक सय २५ मतको झिनो अन्तरबाट पराजित हुनु परेकोमा अलिकति दुःखी छु। तर म समाज र देश रूपान्तरणको यात्रामा पहिलेभन्दा झन् बढी दृढ भएको जानकारी गराउन चाहन्छु। गत पाँच वर्षको मेरो उतार–चढावपूर्ण राजनीति, चौतर्फी प्रतिकूलता र नियोजित घेराबन्दीकाबीच पनि जुनमत पाएँ, त्यसलाई म टुट्न दिने छैन’, उनले फेसबुकमा लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्