समानुपातिकमा कांग्रेसलाई टप्दै एमाले,माओवादी केन्द्र भन्दा रास्वपा अगाडी
काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिक तर्फको मतगणनाको परिणाम पनि आउन थालेको छ। निर्वाचन आयोगले प्रत्यक्षतर्फको सँगै समानुपातिकको गणना पनि गरिरहेको छ।

सार्वजनिक भएको मत परिणाम अनुसार समानुपातिकमा एमालेले अग्रता कायम गरेको छ। मंगलबार बिहान ७ बजेसम्म एमालेले ५१ हजार २ सय ४० मत पाएको छ।
त्यस्तै दोस्रोमा नेपाली कांग्रेस छ। कांग्रेसले ४५ हजार ४ सय ०७ छ। पाएको छ।जुन मत करिब २६ प्रतिशत हो।
समानुपातिक तर्फ तेश्रो स्थानमा भने रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी छ। स्वतन्त्र पार्टीले २१ हजार ४ सय ३८ मत प्राप्त गरेको छ।
चौथो दलका रुपमा माओवादी केन्द्रले २० हजार १ सय ९२ मत प्राप्त गरेको छ।आयोगका अनुसार राप्रपाले ९ हजार ९ सय ६७, जनमत पार्टीले ४ हजार एक सय ५०, जसपाले ३४६२ मजदुर किसान पार्टीले ३०२९, एकीकृत समाजवादीले २३३५, लोसपाले २०५२ मत पाएका छन्।
समानुपातिकमा सिट कामय गर्न सदर मतको कम्तिमा तीन प्रतिशत ल्याउनुपर्ने कानुनी व्यवस्था छ।

