मतदान केन्द्रमा लान निषेधित छन् यी बस्तु
काठमाडौं।निर्बाचनको दिन मंसिर-४ गते मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु लान नपाईने भएको छ।निर्वाचन आयोगले मंगलबार चारबुंदे निर्देशन जारी गर्दै मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने निर्णय गरेको हो।

सलाई, लाइटर, क्यामरा, मोबाइलजस्ता वस्तु लिई आएमा मतदान केन्द्रको प्रवेश विन्दुमा राख्ने व्यवस्था मिलाउने वा मतदान केन्द्र बाहिर निजलाई उपयुक्त लागेको स्थानमा राख्न लगाएर मतदान केन्द्रमा प्रवेश गर्न अनुमति दिन आग्रह गर्दै आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९, निर्वाचन आचारसंहिता, २०७९ विपरीत उल्लिखित कार्य गर्ने मतदाता तथा अन्य व्यक्तिलाई कानून बमोजिम कारबाही गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमार्फत मतदान केन्द्रमा खटिने सबै मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सुरक्षाकर्मीलाई जानकारी गराउने निर्णय गरेको छ।

