फाप्लुमा ८३ जना मोतिबिन्दुका बिरामीको नि:शुल्क शल्यक्रिया सम्पन्न



सोलुखुम्बु।जिल्ला सामुदायिक आखाँ केन्द्र फाप्लुमा ८३ जना मोतिविन्दुका बिरामीको शल्यक्रिया गरिएको छ ।

विश्व दृष्टि दिवसको अवसरमा जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुमा अशोज २५ र २६ गते संचालित निःशुल्क आँखा शिविरमा ८३ जना मोतिबिन्दुको शल्यक्रिया गरिएको हो । भदौं १८ गतेदेखि अशोज ६ गतेसम्म जिल्लाको विभिन्न स्थानमा निशूल्क आँखा शिबिर सञ्चालन गरिएको थियो । उत्त शिविरमा २२५० जनाको निशूल्क आँखा परिक्षण गरिएकोमा ८३ जना मोतिबिन्दुका बिरामीहरुको छनौट गरिएको थियो ।

तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्र रोग विशेषत्र श्याम भ्यास र डा. जेफ टेबिन साथै तिलगंगा आँखा प्रतिष्ठानका मेडिकल टिमद्धारा सल्यक्रिया सम्पन्न गरिएको सामुदायिक आँखा केन्द्र, फाप्लु सोलुखुम्बुका प्रमुख विधान ताम्राकारले जानकारी दिनुभयो ।

शल्यक्रियामा छनौट भएका सबै बिरामीहरुको सफल शल्यक्रिया गरिएको सामुदायिक आँखा केन्द्र, फाप्लु सोलुखुम्बुका प्रमुख विधान ताम्राकारले बताउनुभयो ।मोतिविन्दुका बिरामीहरु शल्यक्रिया पश्चात खुशी हुँदै घर फर्केका छन ।

प्रतिक्रिया दिनुहोस्