मन्त्री परिषदको निर्णय चलचित्र बिकास बोर्डको अध्यक्षमा भुवन केसी
केदार बस्नेत।नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् ।आज बसेको मन्त्री परिषद्को नियमित बस्ने बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।मन्त्री परिषदको नियमित बैठक हप्ताको दुईदिन सोमबार र बिहीबार बस्ने गरेको छ।केसी गायन हुँदै अभिनयमा प्रवेश गरेका थिए अहिले चलचित्र निमार्ण, निर्देशन र अभिनयमा लामो समयदेखि सक्रिय रहेका छन् ।
