भुपालसिं राईसहित ६ जना नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुको सदस्यमा मनोनीत



सोलुखुम्बु।नेकपा एमालेका युवा नेता भुपालसिं राईलाई जिल्ला कमिटी सदस्यमा मनोनयन गरिएको छ।

जिल्ला सदरमुकाम सल्लेरीमा सम्पन्न नेकपा एमाले जिल्ला कमिटीको चौथो पूर्ण बैठकले थुलुङ दुधकोशी गाउँपालिका वडा नं ९ का पूर्ब वडाध्यक्ष समेत रहेका राईसहित अन्य ५ जनालाई जिल्ला कमिटी सदस्यमा मनोनीत गरिएको जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिए।

जिल्ला कमिटी सदस्यमा मनोनीत हुने अन्य ५ जनामा माप्यदुधकोशीका दिनेश राई,सोताङका मानबीर राई र थुलुङदुधकोशी गाउँपालिकाबाटै सोमकुमार तामाङ र झनक बस्नेत छन् ।

प्रतिक्रिया दिनुहोस्