पार्टीबाट नवनिर्बाचित जनप्रतिनिधिहरुलाई एमाले सोलुको सम्मान
सोलुखुम्बु।नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुले गएको स्थानीय तह निर्बाचनमा निर्बाचित जनप्रतिनिधिहरुलाई सम्मानित गरेको छ।

सदरमुकाम सल्लेरीमा शनिबारबाट जारी जिल्ला कमिटीको चौथो पूर्ण बैठकका क्रममा उपस्थित जनप्रतिनिधिलाई सम्मानित गरिएको एमाले सोलुखुम्बुले जनाएको छ।गएको बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्बाचनमा सोलुखुम्बुका ८ वटा स्थानीय तहमध्ये नेकपा एमालेले २ वटा गाउँपालिकामा अध्यक्ष एक गाउँपालिका उपाध्यक्ष र १८ वटा वडामा वडाध्यक्ष पदमा बिजय हाँसिल गरेको थियो।
एमालेले जिल्लाको खुम्बु पासाङल्हामू गाउँपालिकामा अध्यक्ष-उपाध्यक्षसहित ४ जना वडाध्यक्ष र माप्यदुधकोशीमा पालिका अध्यक्षसहित ३ वडाध्यक्ष,सोलुदुधकुण्डमा ४ वडाध्यक्ष,महाकुलुङमा ३ वडाध्यक्ष,सोताङमा २,नेचासल्यानमा १ र लिखुपिकेमा १ जना वडाध्यक्ष जितेको छ।
ती मध्ये बैठकमा उपस्थित माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई,खुम्बु पासाङल्हामु गाउँपालिका प्रबक्ता लाक्पा छिरी शेर्पा तथा राजन राई,मिङमार तामाङ, सरस्वती कुलुङ,प्रदीप कुलुङ,महलसिं कुलुङ,बीरकुमार राई,दौलित कुलुङ लगायतका जनप्रतिनिधिलाई सम्मानित गरिएको थियो।नव निर्बाचित जनप्रतिनिधिहरुलाई पार्टी केन्द्रीय सदस्य एबम् सोलुखुम्बु जिल्ला इन्चार्ज मानबीर राईले खादा र जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोलाले प्रमाणपत्र दिएर सम्मान गर्नुभएको थियो।बजेट निर्माणको समय भएका कारण खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पा सहितका अन्य जनप्रतिनिधि उपस्थित हुन नसक्नु भएको कार्यक्रममा जानकारी गराईएको थियो।बैठकमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राई,प्रदेश कमिटी सदस्य एबम् नेकपा एमाले १ नं संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी,प्रदेश सांसद उत्तम कुमार बस्नेत,प्रदेश कमिटी सचिवालय सदस्य महेश किराती र प्रदेश सदस्य कुमार राई,सूर्यकुमारी सुनुवार लगायतको उपस्थित रहेको छ।






