चितवनको राप्ती नगरपालिकास्थित एक फर्ममा भेटियो बर्डफ्लु




काठमाडौं।चितवनमा फेरि बर्डफ्लु रोगको सङ्क्रमण देखिएको छ । जिल्लाको राप्ती नगरपालिका–६ स्थित अनिता पशुपक्षी कृषि फर्ममा बर्डफ्लु देखिएको हो ।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कुखुरा मर्न थालेपछि यही माघ २५ गते नमुना सङ्कलन गरी काठमाडौं पठाइएकोमा बिहीबार सङ्क्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार बर्डफ्लुको एचपाइभ एनवान सङ्क्रमण देखिएको हो ।

उक्त फर्ममा २ हजार कुखुरा छन् । उक्त फर्मको एक सय मिटर वरपर रहेका पक्षी नष्ट गर्ने काम आज हुने प्रजिअ तामाङले बताए । फर्मको दुई किलोमिटर वरपर निगरानी राख्दै बेचबिखनमा रोक लगाइने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्