सव इन्जिनियरलाई कालोमोसो र जुत्ताको माला लगाउने ६ जना पक्राउ
डिल्ली शर्मा,सोलुखुम्बु।शिक्षा विकास तथा समन्वय इकाइ सोलुखुम्बुका सव इन्जिनियरलाई कालोमोसो र जुत्ताको माला लगाउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कार्यालयका सव इन्जिनियर पवन कुमार यादवलाई सोमबार कालो मोसो र जुत्ताको माला लगाउने ९ जना मध्ये ६ जनालाई सदरमुकाम आसपासका क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार पक्राउ पर्नेमा २४ बर्षीय मानव राईसहित अन्य ५ जना २० बर्ष भन्दा कम उमेरका विद्यार्थीहरु रहेका छन् । उनीहरु उपर अभद्र व्यवहार अन्र्तगत मुद्धा चलाउने तयारी भईरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य ३ जना भने फरार रहेकाले खोजी भईरहेकोे प्रहरी निरीक्षक ढकालले बताउँनुभयो ।
नेत्र विक्रम चन्द९विप्लव० नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९क्रान्तिकारी०का ९ जना विद्यार्थीहरुले सोमबार दिउँसो १ बजे कार्यालय परिसरमा यादवलाई हातपात गरेका थिए । जिल्लाको महाकुलुङ गाउँपालिकाको ६ वटा विद्यालय भवन पुनःनिर्माण गर्ने क्रममा सव इन्जिनियरहरु पवन कुमार यादव र नविन कुमार सिंहले आर्थिक भ्रष्टाचार गरेको उनीहरुको आरोप छ ।
रकम तत्काल फिर्ता गर्न पटकरपटक ताकेता गर्दा समेत वेवास्था गरेकाले सांकेतिक कारबाही गरेको घटनापछि कार्यालय अगाडी टाँस गरिएको विज्ञप्तीमा भनिएको छ । साथै रकम फिर्ता नगरे थप भौतिक कारबाही गर्ने समेत चेतावनी दिइएको छ ।

