नेचाली युवाहरूलाई स्वरोजगार बनाउंदै गरिबी निबारणका लागि लघु उद्यम बिकास कार्यक्रम(मेड्पा)

डिल्ली शर्मा

सोलुखुम्बु।सोलुखुम्बुको नेचा सल्यान-३कि यानु राई फुर्सदको समय पाउने बित्तिकै नेटिङ मेसिनबाट हाईनेक,र स्वीटर बन्न थाल्नु हुन्छ भने थोरै समय पाउने बित्तिकै थुलुङ सामामा रहेको खाँडि बुन्ने मेसिनमा पुग्नु हुन्छ। नेचा सल्यान -४कि सिर्जना राई,वँहाहरुमात्र होईन, नेचा सल्यानका दर्जन भन्दा बढी युवापुस्ताहरुको दैनिकी बनेको छ, यस्ता क्रियाकलाप।
स्थानीयस्तरमा रोजगारी सृजना गर्ने उद्देश्यले नेचा सल्यान गाउँपालिका र गरिबी निबारणका लागि लघु उद्यम बिकास कार्यक्रम९मेड्पा०लागू भएपछि नेचासल्यान -२ का १० जना युवाले सिकेको हाउस वायरिङ तालिमबाट गाउँमै रोजगारी प्राप्त गरेका छन्। नेपाल विद्युत प्राधिकरणको प्रसारण लाईनबाट बिजुली बाल्न स्थानीय ब्यक्तिहरुबाटै घर घरमा वाईरीङ गराउँदा स्थानीय बासिन्दा समेत हर्सित छन्। यी सबैको रोजगारी र खुसीको प्रेरणाको श्रोत हो नेचासल्यान गाउँपालिका र मेड्पा कार्यक्रम ।
पहिलो चरणमा लघु उद्यम सहजकर्ताले स्थानीय जनप्रतिनिधिहरुको समन्वयमा क्षेत्र छनोट, स्थानीय कच्चा पदार्थको सम्भावना, आबश्यकता र समुदायको मागको आधारमा तालिम संचालन र सहजिरण पश्चात् ब्यबसायिक उत्प्रेणाको माध्यबाट तालिममा सहभागी गराउने बताउनु हुन्छ,नेचासल्यान गाउँपालिकाका लघु उद्यम बिकास सहजकर्ता संझना घिमिरे।
त्यस्तै गरी स्थानीयस्तरबाटै कच्चा पदार्थको प्रयोगबाट ब्यबसाय गर्न सकेमा रोजगारीको सृजनाका साथै आयआर्जनमा समेत टेवा पुग्ने भएकोले माग बमोजिमको तालिममा सहयोग गर्न पाउँदा साँच्चै जनसेवामा सरिक भएको महशुस भएको बताउछन् नेचा सल्यान गाउपालिका गरिबी निबारणका लागि लघुउद्यम कार्यक्रमका फोकल पर्सन तथा कार्यक्रम अधिकृत युबराज पोखरेल।
लघु उद्यम तथा साना ब्यबसाय संचालनका लागि ग्रामीण क्षेत्रमा थुप्रै चुनौतीहरु पनि छन् ।जनचेतनाको कमी, दक्ष जनशक्तिको अभाव मात्र होईन ब्यबसायको सहि छनोट गर्न नसक्दा कतिपय तालिमबाट प्रतिफल न्यून भएपनि स्थानिय उत्पादनको बजार सुनिश्चित गर्न नेचा सल्यान गाउँपालिका तयार रहेको र लागत सहभागिताको आधारमा मूल्य निर्धारण गरि बिक्रि गर्न गाउपालिकाको आर्थिक सहयोगमा कोशेलीघर समेत संचालनमा रहेको बताउनुहुन्छ गाउँपालिका प्रमुख डुफकुमार बास्तोला।
स्थानीय उत्पादनलाई प्रोत्साहन र ब्यबसायीकरणका लागि गाउपालिकाले प्रत्येक बर्ष कृषि तथा औधोगिक मेला प्रदर्शनी, उद्यमी प्रोत्साहन कार्यक्रम तथा समग्र गाउपालिकालाई नै अर्गानिक गाउपालिका घोषणा गर्ने तयारीमा रहेको गाउँपालिकाले जनाएको छ ।
आर्थिक उपार्जनका लागि बिदेशीनु भन्दा गाउँमै उद्यम गरे पर्यटन प्रबर्धनका साथै आर्थिकस्तर समेत बृद्दि गर्न सकिने भएकोले सानो लगानीबाट समेत रोजगार सृजना गर्न गाउँघरमा रहेका कच्चा पदार्थलाई सदुपयोग गरी ब्यबसाय संचालनमा युबाको सकृयता बढेको अबस्थामा सरकारि तबरबाट समेत सहयोग प्रदान गर्न सकेमा युवा पुस्तालाई रोजगारिसंग सजिलै जोड्न सकिन्छ। यसतर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।

