घट्यो पीसीआर परीक्षण शुल्क
काठमाडौं । सरकारले कोभिड–१९ को पहिचानका लागि गरिने पीसीआर परीक्षण शुल्क घटाएको छ ।

अब सरकारी अस्पतालमा प्रतिस्वाब नमुना ८०० र निजी अस्पताल तथा प्रयोगशालामा एक हजार ५०० रुपैयाँ परीक्षण शुल्क कायम गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए ।
यसअघि, सरकारी अस्पतालमा एक हजार र निजीमा दुई हजार रुपैयाँ पीसीआर परीक्षण शुल्क तोकिएको थियो ।

