तेस्रो लहरको कोरोना रोकथामका लागि सरकारद्वारा एक महिने आदेश जारी



काठमाडौं।आइतबार बसेको मन्त्रिपरिषद बैठकले ‘कोभिड १९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण आदेश २०७८’ जारी गरेको छ । साथै सरकारले कोरोनाको तेस्रो लहर रोकथाम गर्न एक महिने आदेश जारी गरेको छ ।

सरकारले माघ १५ गतेसम्म सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस संक्रमण बढ्दै गएपछि सिनेमा हल बन्द गर्ने निर्णय गरेको हो ।

आदेशमा माघ मसान्तसम्म सार्वजनिक स्थल, समारोह, सामाजिक कार्य आदिमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने तथा पहिलो चरणमा फिल्म हल र रात्रीकालीन व्यवसाय १५ दिन बन्द गर्नेसमेत आदेशमा उल्लेख गरिएको स्रोत ले वतायो ।

साथै पहिलो चरणमा माघ १५ सम्म सबै स्कुल, कलेज र विश्वविद्यालयमा भौतिक पठनपाठन समेत बन्द गर्ने निर्णय भएको छ । होटल , क्याफे र रेष्टुरेण्टमा खोपकार्डका आधारमा मात्रै प्रवेश दिन समेत आदेश गरिएको छ ।

त्यस्तै निषेधाज्ञा सम्बन्धि निर्णय स्थानीय आवश्यकता अनुसार जिल्ला प्रशासन कार्यालयले गर्न सक्ने व्यवस्था पनि मन्त्रिपरिषद बैठकबाट पारित आदेशमा रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्